दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट (निवेदनसहित) « Khabarhub

दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट (निवेदनसहित)


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको मानव अधिकार रक्षाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । प्रसाईं आफैँले सुरू गरेको अभियानमा सहभागी हुन नपाउने गरी संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुर्‍याइएको रिटमा दाबी गरिएको छ ।

सरकारका कामकारबाही चित्त नबुझे शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने नागरिकको मौलिक हकलाई सम्मान गर्नुको सट्टा निवेदकलाई गैरकानूनी रूपमा निगरानीमा राख्ने, थुनामा राख्ने र विभिन्न झुट्ठा मुद्दा लगाएर फसाउनेसम्मको सम्भावना भएकोले आतंकित र त्रसित सिर्जना भएको भण्डारीको रिटमा उल्लेख छ ।

उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : ४८ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका