पितृको स्मृतिमा मन्दिर र विश्रामस्थल निर्माण « Khabarhub

पितृको स्मृतिमा मन्दिर र विश्रामस्थल निर्माण


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको गौरादह नगरपालिका–१ का धार्मिक तथा सामाजिक व्यक्तित्व कर्णबहादुर कटुवालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा रु ३२ लाखको लागतमा मन्दिरसहित मलामी विश्रामस्थल घर बनाइदिएका छन् ।

कटुवालले गौरादह–१ र कमल–१ को सिमानामा पर्ने माथ्लो किस्नी घाटमा रु २१ लाखको लागतमा गोपेश्वर महादेवको मन्दिर र दुई सय बढी मानिस अट्नसक्ने क्षमता भएको मलामी विश्रामस्थलको संरचना बनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरेका हुन् । मन्दिरसहितको नवनिर्मित विश्रामस्थलको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज उद्घाटन गरे ।

सो क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका कार्कीले कटुवाल परिवारको सामाजिक देन प्रशंसनीय भएको उल्लेख गरे । त्यस अवसरमा दाता परिवारले ती संरचनाको स्वामित्व माथिल्लो किस्नीघाट संरक्षणको जिम्मेवारी प्राप्त गौरादह–१ नम्बर वडाध्यक्ष नगेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, कार्यक्रममा दानवीर कर्णबहादुर कटुवाललाई सम्मानसमेत गरिएको थियो ।

प्रदेशसभा सदस्य अमर विष्ट, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, निवर्तमान गौरादह नगरप्रमुख रोहित साहलगायत सो क्षेत्रका राजनीतिक, सामाजिक व्यक्तित्वको उल्लेख्य उपस्थिति थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ५ : १५ बजे

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो