शाहरुखसँग काम गर्ने इच्छा २० वर्षपछि पूरा भयो : निर्देशक हिरानी « Khabarhub

शाहरुखसँग काम गर्ने इच्छा २० वर्षपछि पूरा भयो : निर्देशक हिरानी


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो वर्ष बलिउड अभिनेता शाहरुख खानका लागि विशेष बन्यो । उनका दुई फिल्म पठान र जवान ५०० करोड क्लबमा प्रवेश गरे । यो वर्षको अन्तिम अर्थात् डिसेम्बर २१ बाट प्रदर्शनमा आएको ‘डंकी’ ले पनि राम्रै चर्चा पाइरहेको छ । निर्देशक राजकुमार हिरानीको पनि राम्रै प्रशंसा भइरहेको छ ।

लामो समयदेखि हिरानी र शाहरुखको सहकार्य हेर्न दर्शकहरु प्रतिक्षारत थिए । उनीहरुले ढिलै भए पनि दर्शकको भावनालाई समेटेका छन् । भर्खरै प्रशारण भएको एक अन्तर्वार्तामा हिरानीले फिल्म पढ्दादेखि नै शाहरुखसँग काम गर्ने इच्छा २० वर्षपछि पूरा भएको खुलासा गरेका छन् ।

हिरानीले खुलासा गरेका छन्, ‘म शाहरुखको अभिनयबाट निकै प्रभावित भएको थिएँ । पढाइ पूरा भएपछि काम गर्ने सोच बनाएको थिएँ तर त्यसबेलासम्म शाहरुख आफ्नो करिअरको उत्कर्षमा थिए, एकदमै व्यस्त थिए । सोही कारण मलाई उनीसँग काम गर्न २० वर्ष लाग्यो ।’

डंकीमा हिरानीको अनुभव
शाहरुखसँग डंकीमा काम गर्दा आफू धेरैले खुसी भएको अभनुव हिरानीले साटेका छन् । उनी थप्छन्, ‘उनीसँग काम गर्न पाउनु मेरो लागि धेरै ठूलो कुरा हो ।’

साथै, उनले सेटमा शाहरुखको आकर्षणबाट आफू मोहित भएर उनले सट हेर्न नसकेको खुलासा गरे । उनले भने, ‘शाहरुखले जब सट दिइरहेको हुन्थे, म आँखा मास्कले छोप्थेँ । कानमा एयरफोन लगाउँथेँ । असिस्टेनले सुट सकियो भनेपछि मात्रै म मास्क एयरफोन खोल्थेँ ।’

 

 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ४२ बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२