लुम्बिनीमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार, मन्त्रीको सङ्ख्या ९ पुग्यो | Khabarhub Khabarhub

लुम्बिनीमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार, मन्त्रीको सङ्ख्या ९ पुग्यो


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् ।

केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

केसी बाँके क्षेत्र नम्बर १ बाट माओवादीको तर्फबाट र थापा प्युठान प्रदेशसभा २ मा कांग्रेसको तर्फबाट विजयी भएका सांसद हुन ।

लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । दुई मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ ।

नवनियुक्त मन्त्रीहरूले बुटवलमा शपथ ग्रहण गरे पनि पदभार ग्रहण गर्न दाङ जाने छन् । लुम्बिनी प्रदेशमा १० मन्त्रालयमध्ये वन मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राखेका छन् ।

वैशाख १४ गते पहिलो पटक मन्त्रीपरिषद् विस्तार गरेका मुख्यमन्त्री चौधरीले जेठमा दोस्रोपटक विस्तार गरेका थिए । यो तेस्रोपटक विस्तार गरिएको मन्त्रिपरिषद हो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ४ : ४५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका