सरकारी अनुदान सम्बन्धी जनताले मात्र पाउनुपर्छ : मन्त्री सिंह | Khabarhub Khabarhub

सरकारी अनुदान सम्बन्धी जनताले मात्र पाउनुपर्छ : मन्त्री सिंह


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले सरकारले दिने अनुदानमा टाठाबाठाको मात्र पहुँच हुने गरेको गुनासो रहेको उल्लेख गर्दै त्यस्तो अनुदान सम्बन्धित जनताले मात्र पाउनुपर्ने बताएका छन् । विद्युतीय चुलो राष्ट्रिय अभियानको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विद्युतीय चुलोमा कर छुटका लागि आफ्नो मन्त्रालय र आफ्नो पार्टी सकारात्मक रहेको बताए । अभियानलाई प्रोत्साहन गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘विद्युतीय चुलोको प्रयोगले एकातिर पेट्रोलियम पदार्थको आयातमा कमी भई मुलुकको व्यापार घाटा कम हुन्छ, भने अर्कोतिर जनताको स्वास्थ्यमा समेत सुधार हुन्छ ।’

उनले विद्युतीय चुलोमा काम गर्ने व्यवसायीलाई गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गरे । कार्यक्रममा विद्युत् नियमन आयोगका सचिव गोकर्णराज पन्थले विद्युतीय चुलोको प्रयोग बढाउन र यसलाई दिगो बनाउन गुणस्तरीय विद्युत् र गुणस्तरीय चुलो आवश्यक पर्ने बताए । विद्युतीय चुलो प्रोत्साहनको विकल्प नभएको उल्लेख गर्दै उनले मुलुकभर विद्युतीय प्रणाली सुधार गर्दै जानुपर्नेसमेत बताए ।

मन्त्रालयका सहसचिव मधु भेटवालले विद्युत् उत्पादनमा निजी क्षेत्रको समेत संलग्नताले विद्युत् उत्पादन बढेको र त्यसको स्वदेशमा खपतका लागि पनि विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याए ।  यसले पेट्रोलियम पदार्थको आयात समेत कम गर्न योगदान पुग्ने उनको धारणा थियो ।वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले चुलो सुधार अभियानमा निजी क्षेत्र र समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै यसको दिगोपनाका लागि गुणस्तरीय चुलो र विद्युत् आवश्यक पर्ने उल्लेख गरे।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक अच्युत घिमिरे, सामुदायिक उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवाली, केन्द्रका सहायक निर्देशक डा रणबहादुर थापा, अजम्मरी विकास फाउण्डेसनका प्रबन्ध निर्देशक सुवर्णप्रसाद कपाली, फाउण्डेसनका निर्देशक ज्ञानेन्द्रराज शर्मा, प्राक्टिकल एक्सनका पूजा शर्मालगायतले नेपालमा विद्युतीय चुलोको प्रयोगको अवस्था, सम्भावना र चुनौतीका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : १८ बजे

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्– सरकारले २०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस्

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग

राजावादीलाई एमाले सांसदले भने- राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्नुहोस्

काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजावादीलाई राजसंस्था फर्काउने