उत्तरी गोरखामा भारी हिमपात « Khabarhub

उत्तरी गोरखामा भारी हिमपात


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए ।

“मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उनले भने, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।”

उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो । हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको उनको भनाइ छ ।

“पशुबस्तुलाई घाँसपात गर्न र चरणका लागिसमेत अहिले समस्या भएको छ”, स्थानीयवासी दोर्जेले भने, “केही दिनका लागि त जसोतसो व्यवस्था गर्न सकिएला धेरै दिन पर्‍यो भन्ने यहाँका बासिन्दालाई ठूलो सास्ती हुन्छ ।”

अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको दोर्जेले बताए । “यो वर्ष ढिलो गरि हिमपात भयो”, उनले भने, “हिउँ पर्न थालेपछि स्थानीय सर्वसाधारण भने खुसी भएका छन् ।”

हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीयवासी खुसी भएका उनले जानकारी दिए । “हिमपात भएपछि सुकेका घाँसपात पलाउने तथा खेतीबालीलाई पनि राम्रो हुन्छ”, दोर्जेले भने, “वातावरणसमेत सफा हुने भएकाले पनि हिउँ परेको राम्रो मानिन्छ ।”

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ०८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल