उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्तर कोरियाले पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको सफल परीक्षण गरेको जनाएको छ ।

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले भनेको छ, ‘ परीक्षण सफल भएको सो ड्रोनले पानीभित्र आणविक आक्रमण गरी सुनामी उत्पन्न गर्नेसहित पानीजहाज तथा बन्दरगाहहरु ध्वस्त गर्न सक्ने क्षमता राख्दछ ।’

गत मंगलबार दक्षिणी हामग्योंङ प्रान्तस्थित समुद्रमा गरिएको अभ्यासका क्रम उक्त ड्रोनले ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टा १२ मिनेटसम्म सफलतापूर्वक काम गरेको थियो । अब कुनै पनि बन्दरगाह वा तटीय क्षेत्रमा उक्त ड्रोन प्रक्षेपण गर्न सकिने केसीएनएको दाबी छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले ड्रोन परीक्षणलाई दिशानिर्देश गरेको र अब वासिङटन तथा दुस्मन देशहरूलाइ उत्तर कोरियाको आणविक क्षमताको महसुस गराउन ड्रोनको सफल परीक्षण गरेर सन्देश दिइएको उत्तर कोरियाली मिडियाले जनाएका छन् ।

दक्षिण कोरियाका योनहाप समाचार एजेन्सीलेका अनुसार समुद्री क्षेत्रमा नक्कली शत्रुहरु माथि निशाना लगाउनका लागि उत्तर कोरियाले उक्त ड्रोन परीक्षण गरेको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ०८ बजे

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम

‘रवि र बालेन पनि देउवा र ओलीकै पथमा छन्, देशले फेरि दु:ख पाउन सक्छ’

नेपालका दिग्गज अर्थ-राजनीति विश्लेषक हरि रोका प्रधानमन्त्री वालेन्द्र शाह र