मौलिकता संरक्षणसँगै स्वरोजगार « Khabarhub

मौलिकता संरक्षणसँगै स्वरोजगार


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् ।

सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयोग घट्नुको कारण हो तर म्याग्दीका तीन युवा मौलिक सीपको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा छन् । बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही, बेनी नगरपालिका–८ का अमर विश्वकर्मा र रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जनका साथै मौलिकता संरक्षणमा परिचालन गरेका छन् ।

घर, भवन, मन्दिर, गुम्बा, सङ्ग्रहालयमा राखिने काठका टुँडाल, झ्याल, ढोका, थाम, कुर्ची, खाट, दराजमा मौलिक बुट्टा भरेर आकर्षक बनाउने सीप उनीहरुसँग छ । काठ र बाँसबाट सामान बनाउन उनीहरुले जामुनाखर्कमा ‘राउटे हस्तकला उद्योग’ खोलेका छन् । एक पटक देखेको र चित्र हेरेको आधारमा काठ कुँदेर दुरुस्त सामग्री तयार पार्नु उनीहरुको विशेषता हो ।

“सानैदेखि काठ कुँदेर विभिन्न सामान बनाउने गर्दथे”, शाहीले भने, “काठका सामान बनाउने रुचि भएका तीन जना मिलेर माग लिने र सामान बनाएर बेच्ने गरेका छौँ ।” प्रर्दशनीका लागि तयार पारेको काष्ठकलाका सामग्री प्रयोग गरेर जामुनाखर्कमा मौलिकता झल्काउने घर पुनःनिर्माण गरिएको छ । वैदेशिक रोजगारीका लागि ३६ वर्षीय शाही २७ महिना मलेसियामा बिताएर विसं २०७४ मा स्वदेश फर्केका थिए । मलेसियामा सोचेजस्तो नभएपछि शाहीले घर फर्किएर काठ र बाँसका सामान बनाउने व्यवसाय सुरु गरे । शाहीले सात वर्ष मेलिसियाको फर्निचर उद्योगमा काम गरेर फर्किएका ३८ वर्षीय अमर र बेनीमै फर्निचरमा काम गर्दै आएका रुपेशलाई रोजगारी दिए ।

सुरुमा बाँसका सिन्का बनाउन चीनबाट रु नौ लाख खर्चेर मेसिन ल्याएका शाहीले उद्योगमा रु १५ लाखभन्दा बढीको लगानी गरेको बताए । रु पाँच सयदेखि रु दुई लाख ५० हजार मूल्यसम्मका सामग्री बनाएको उनको भनाइ छ । बाँसका सिन्कालाई डिजाइन र स्वरुपअनुसारको टुक्रा बनाएर फेबीकोलले टाँसेर मोडाका साथै कुर्ची, टेबल र चोयाबाट डोका, डाला, नाङ्लो, थुन्से, भकारीजस्ता परम्परागत घरायसी सामग्री तयार पारिँदै आएको उद्योगमा पछिल्लो समय काठका सामान उत्पादन हुन थालेको हो । भवन, घर, मन्दिरका फर्निचरका साथै उपहार र सजावटका लागि मागबमोजिमका हस्तकलाका सामान बनाउने गरिएको छ ।

शाहीले पशुपतिनाथ, जानकी, मुक्तिनाथ, रानीमहल, गलेश्वर, पाँचतले दरबार, घर, दर्जनौँ मन्दिर तथा ऐतिहासिकस्थलका दुरुस्त आकृति तयार पारेका छन् । “एक पटक देखेका जुनसुकै वस्तुको पनि आकृति तयार पार्न सक्छु”, शाहीले भने, “कतिपय सामग्री आफ्नै सिर्जनामा पनि बनाएको छु ।”

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १० : १० बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान