एकल महिलालाई वडाको साथ र सहयाेग  | Khabarhub Khabarhub

एकल महिलालाई वडाको साथ र सहयाेग 


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी- विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो ।

वडाले ‘लक्षित वर्ग उत्थान कार्यक्रम’अन्तर्गत आम्दानीको स्रोत नभएका एकल महिलाका लागि घरमै बसेर आर्थिक उपार्जन गर्न सक्ने गरी दिगो आर्थिक स्रोतको पहिचान गरी पाठापाठी वितरण गरिएको वडाध्यक्ष कुमार कँडेल (राजन)ले बताए ।

क्यान्सरका कारण श्रीमान् बितेपछि एक्लै सङ्घर्ष गरेर जीवन बिताइरहेकी स्थानीय सीता नेपाली वडाले सहयोग गरेपछि खुसी भएकी छिन् । ‘श्रीमान् बिरामी पर्दा पनि वडाध्यक्षले सहयोग गर्नुभएको थियो । श्रीमान् बितेपछि छोराछोरी पढाउने, हुर्काउने जिम्मा आफैलाई आएको छ । वडाले सहयोग गरेको छ, अब यसैलाई मलजल गरेर अगाडि बढ्दै जानु छ’, उनले भनिन्  ।

आर्थिक अभावका कारण जीविकोपार्जनका लागि सङ्घर्ष गरिरहेका दुई एकल महिला भानी धिमाल र रेखा उराउ पनि वडाले बाख्राका पाठापाठी लिएर सहयोग गरेकामा खुसी लागेको बताउँछन्। उराउ भन्छिन्, ‘श्रीमान् बितेपछि बिहान बेलुका हातमुख जोड्नै गाह्रो भइरहेको अवस्थामा छोराछोरीलाई पढाउन किताब, कपी, डटपेन कसरी किन्ने भन्ने पिरलो परिरहन्थ्यो । अब यिनै पाठापाठीलाई स्याहार गर्छौँ र आयआर्जनको बाटो बनाउँछौँ ।’

एकल महिलाको जीवनस्तर उकास्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७९/८० को वडा स्तरीय बजेटअन्तर्गत एक लाख रुपैयाँ विनियोजन गरी नगर उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष राजनकुमार कँडेललगायतले बाख्राका पाठापाठी वितरण गरेका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ३ : ४९ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई