लोकतन्त्रका निम्ति निरन्तर लड्ने गान्धीको प्रतिबद्धता « Khabarhub

लोकतन्त्रका निम्ति निरन्तर लड्ने गान्धीको प्रतिबद्धता


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले देशको लोकतन्त्रको रक्षाका लागि त्यो अपरिहार्य भएको बताए ।

आज यहाँ भएको पत्रकार सम्मेलनमा उनले संसद् सदस्य हुनु र नुहुनुमा कुनै अन्तर नभएको उल्लेख गर्दै बेथितिविरुद्धको आफ्नो सङ्घर्ष जारी रहने बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख व्यापारिक सहयोगीमाथि आफूले छानबिनको माग गरेपछि घुमाउरो पाराले आफूलाई संसद्बाट निष्कासन गरिएको बताउँदै उनले सुरत अदालतको निर्णयबाट आफू विचलित नभएको बताए। आफू जस्तोसुकै धम्कीबाट नझुक्ने र नडराउने बताउँदै उनले प्रधानमन्त्री र व्यापारी गौतम अडानीबीचको सम्बन्धबारे प्रश्न गर्न कहिल्यै पछि नपर्ने दृढता व्यक्त गरे । उनीहरूको सम्बन्धको छानबिन हुनै पर्ने उनले दोहोर्‍याए।

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए । नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानि भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवम् गुजरात राज्यका पूर्व मन्त्री पूर्णेश मोदीले उनी विरुद्ध मुद्दा दायर गरेका थिए ।

गत शनिबार अदालतले मानहानि मुद्दामा दोषी ठहर गर्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको भोलिपल्ट  उनलाई संसद्बाट समेत हटाइएको हो ।

आलोचकहरूले विपक्षी र अधिकारकर्मीहरूलाई दबाउन मोदी सरकारले कानुन प्रयोग गरेको आरोप लगाएका छन् ।

गान्धीलाई संसद्बाट हटाइको विरोधमा भारतका विभिन्न शहरमा आज विरोध प्रदर्शन भएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ६ : ४६ बजे

बिलखबन्दमा रवि : महाधिवेशनको २५ दिन बित्दा पनि टुंग्याउन सकेनन् केन्द्रीय सदस्य र पदाधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सकिएको २५ दिन बितिसकेको

संवैधानिक संकट आए मात्र सरकारमा सहभागी हुन्छौँ : लेखनाथ दाहाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले प्रदेश

ट्राफिक जरिवाना घटाउन देशभरबाट सरकारको ध्यानाकर्षण, संशोधन नभए आन्दोलनको चेतावनी

काठमाडौं– प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ मा राखिएका ट्राफिक

गड्यौला मल उत्पादनमा किसानहरू

दाङ– सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा

भारतमा ककरोचको आन्दोलन जारी, राहुलले भने, ‘प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिऊन्’

नयाँ दिल्ली– केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै