क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ  « Khabarhub

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ 


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छिन् ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १८ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ५ जम्बुडाँडा बस्ने विपना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले सुनिता गोतामेलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइ होटेलमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पटक पटक गरी नौ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको विशेष प्रहरी टोलीले उनकाे खोजतलास गर्ने क्रममा मंगलबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका जम्बुडाँडाबाट पक्राउ गरेको हो ।

 उनलाइ थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : २६ बजे

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध