इन्टर मिलान कोपा इटालियाको नवौं पटक उपाधी उचाल्न सफल | Khabarhub Khabarhub

इन्टर मिलान कोपा इटालियाको नवौं पटक उपाधी उचाल्न सफल


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ।

फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन बनेको हो।

रोममा बुधबार राति भएको फाइनल खेलमा भएका सबै तीनवटा गोल पहिलो हाफमा नै भएको थियो।

जसअनुसार तेस्रो मिनेटमा नै निकोलस गोन्जालेले सुरुवाती गोल गरेपछि फियोरेन्टिनाले १–० को अग्रता लिन सफल भएको थियो तर २९औं मिनेटमा मिलानका लागि लोउटारो मार्टिनेजले गोल गरे पछि खेललाई १–१ बराबरीमा आईपुगेको थियो।

त्यसमाथी ३७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा पहिलो हाफमा नै २–१ को अग्रता दिलाउन सफल भए। तर, दोस्रो हाफमा प्रतिस्पर्धात्मक खेल भएपनि दुबै पक्षवाट गोल हुन नसके पछि २–१ मा नै खेल टुंगिन पुगे पछि मिलान बिजेता बन्न पुग्यो।

सन् २०२१–२२ को सिजन पनि इन्टर मिलान च्याम्पियन बनेको थियो। युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको मिलान लगातार दोस्रो पटक बिजेत बन्न सफल भएको हो। यो च्याम्पियनसँगै मिलानले कोपा इटालियाको नवौं पटक च्याम्पियन बन्न पुगेको छ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ७ : ४६ बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा