रविको चेतावनी – मुद्दा हाल्ने उद्योग नचलाइयोस् « Khabarhub

रविको चेतावनी – मुद्दा हाल्ने उद्योग नचलाइयोस्


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध लगातार मुद्दा चलाइएको भन्दै आक्रोश पोखेका छन् ।

सभापति लामिछानेको सांसद पद खारेजीको माग गर्दै युवराज पौडेलले दायर गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको भोलिपल्ट उनले इरिटेट गर्ने पनि सीमा हुने प्रतिक्रिया दिएका हुन् ।

आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरिसकेको र अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको उल्लेख गर्दै उनले फेरि प्रश्न उठाउनुपर्ने कारण नभएको जिकिर गरेका छन् । ‘अदालतमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्।’सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन् ।

‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ।’ उनले थपेका छन्,

लामिछानेले चेतावनी दिँदै भनेका छन्,’ घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।’

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १२ : ५० बजे

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस