पाँच महिनादेखि अवरुद्ध सिमकोट–हिल्सा सडक सञ्चालनमा « Khabarhub

पाँच महिनादेखि अवरुद्ध सिमकोट–हिल्सा सडक सञ्चालनमा


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सिमकोट– पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो ।

डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक सञ्चालन आएको हो । नाम्खा–५ को यारीमा पर्ने नारा लेकमा जमेको झन्डै चार फिटसम्मको हिउँ र पहिरो पन्छाएर सडक सञ्चालन भएको हिल्सा–सिमकोट सडक आयोजनाका इञ्जिनियर नीरज राजवंशीले बताए । नारापासमा यातायात सञ्चालन गर्न नौ दिन लगाएर हिउँ र पहिरो पन्छ्याइएको इञ्जिनियर राजवंशीले बताए ।

सिमकोट–हिल्सा सडकखण्डको सिमकोटदेखि यारीसम्म यातायात सञ्चालन भए पनि नारामा हिउँ जमेको हुनाले पाँच महिनादेखि सडक अवरुद्ध थियो । हिल्सा–यारी खण्डको २८ किलोमिटर सडकमध्ये १० किमी सडकबाट हिउँ र १८ किमी सडकबाट पहिरो पन्छाइएको हो ।

पाँच महिनादेखि सडक यातायात अवरुद्ध हुँदा स्थानीय एवं व्यापारी पैदलै हिँड्न बाध्य थिए । वैशाख १८ गतेदेखि जेठ पहिलो हप्तासम्म ताक्लाकोट जाने हुम्ली तथा हिल्सामा कार्यरत सुरक्षाकर्मीले यसअघि पैदल भएर आवतजावत गरिरहेका थिए । अहिले पहिरो र हिउँ पन्छाएसँगै सडक यातायात सञ्चालन भएकाले यात्रुलाई सहज भएको सिमकोट गाउँपालिका–७ का बासिन्दा वीरबहादुर सिंहले बताए ।

कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट सडकखण्ड हिल्सा–सिमकोट सडक आयोजनाको क्षेत्रमा पर्ने भएकाले कार्यालयले आफैँले मेसिन लगाएर हिउँ पन्छाएको इञ्जिनियर राजवंशीले जानकारी दिएका छन् । अघिल्लो वर्षसम्म हिल्सा नाका बन्द भएकाले सीमितरूपमा सञ्चालन हुने सवारीसाधन नाका खुलेपछि भने चीनको ताक्लाकोटसम्मै सञ्चालन भएका छन् । यससँगै त्यहाँ जानेको सङ्ख्या बढेको छ । 

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  २ : ५४ बजे

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्