भारतका लागि नेपाली राजदूत शर्मा र भारतीय विदेशमन्त्रीबीच भेट   « Khabarhub

भारतका लागि नेपाली राजदूत शर्मा र भारतीय विदेशमन्त्रीबीच भेट  


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भनिएका बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् ।

यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा. एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।  बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । 

भेटवार्ताको तस्बिरसहित उनले आफूहरूबीच दुई देशबीचको  गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको र आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाइएको जानकारी दिएका छन् । 

१७ जेठबाट प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने भनिए पनि यसको औपचारिक रुपमा मिति सार्वजनिक गरिएको छैन । 

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  २ : ५८ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस १५औँ महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ