आर्थिक संकट समाधानमा सहकार्य आवश्यक « Khabarhub

आर्थिक संकट समाधानमा सहकार्य आवश्यक


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक संकट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन् ।

समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा  रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न उनले आग्रह गरेका हुन् । 

नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिङ्गरलाई महासङ्घ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउन आग्रह गरेका हुन् ।

भेटवार्तामा दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको महासङ्घले जनाएको छ ।

साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनवटै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको थियो । 

अध्यक्ष ढकालले महासङ्घको मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना भएकाले दिगो विकासका लक्ष्य पूरा गर्न महासङ्घ महत्वपूर्ण साझेदार हुनसक्ने बताए । 

आवासीय संयोजक हाना सिङ्गरले महासङ्घका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताए । उनले दिगो विकासका लक्ष्य र स्तरोन्नतिका विषयमा विशेष चासोको राखेका थिए ।  दिगो विकासका लक्ष्य हासिलमा स्तरोन्नतिबाट पर्ने प्रभाव न्यूनीकरणका लागि महासङ्घको भूमिका प्रभावकारी हुने उनको भनाइ छ । 

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र सङ्घले सहकार्य गर्न सक्ने उनले बताए । औपचारिक भेटमा संयुक्त राष्ट्रसङ्घ नेपाल कार्यालय र महासङ्घ सचिवालयका  अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ५ : १२ बजे

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको