आर्थिक संकट समाधानमा सहकार्य आवश्यक | Khabarhub Khabarhub

आर्थिक संकट समाधानमा सहकार्य आवश्यक


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक संकट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन् ।

समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा  रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न उनले आग्रह गरेका हुन् । 

नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिङ्गरलाई महासङ्घ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउन आग्रह गरेका हुन् ।

भेटवार्तामा दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको महासङ्घले जनाएको छ ।

साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनवटै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको थियो । 

अध्यक्ष ढकालले महासङ्घको मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना भएकाले दिगो विकासका लक्ष्य पूरा गर्न महासङ्घ महत्वपूर्ण साझेदार हुनसक्ने बताए । 

आवासीय संयोजक हाना सिङ्गरले महासङ्घका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताए । उनले दिगो विकासका लक्ष्य र स्तरोन्नतिका विषयमा विशेष चासोको राखेका थिए ।  दिगो विकासका लक्ष्य हासिलमा स्तरोन्नतिबाट पर्ने प्रभाव न्यूनीकरणका लागि महासङ्घको भूमिका प्रभावकारी हुने उनको भनाइ छ । 

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र सङ्घले सहकार्य गर्न सक्ने उनले बताए । औपचारिक भेटमा संयुक्त राष्ट्रसङ्घ नेपाल कार्यालय र महासङ्घ सचिवालयका  अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ५ : १२ बजे

नेपाल भारत सम्बन्ध ऐतिहासिक : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं- ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’

काठमाडौं– स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी