भारत केरालाको कोचीमा १५ वर्षपछि यहूदी परम्पराअनुसार विवाह समारोह सम्पन्न | Khabarhub Khabarhub

भारत केरालाको कोचीमा १५ वर्षपछि यहूदी परम्पराअनुसार विवाह समारोह सम्पन्न


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कोची- भारतको केराला राज्यको कोची सहरमा १५ वर्षमा पहिलो पटक यहूदी परम्पराअनुसार विवाह समारोह सम्पन्न भएको छ । कोची सहरमा रहेको कुम्बलम रिसोर्टमा रेचल बिनोए मलाखी र रिचर्ड जक्यारी रोवेबीच यहूदी परम्पराअनुसार विवाह समारोह सम्पन्न भएको हो ।

इजरायली यहूदी धर्मगुरु रब्बाई आरेयल सियोनले यस विवाह समारोह सम्पन्न गराएको द न्युज मिनेटले जनाएको छ । यस अवसरका लागि रब्बाई इजरायलबाट भारत पुगेका थिए ।

केरलाको थिरुवनन्तपुरमकी रेचल हाल अमेरिकामा वैज्ञानिकको रुपमा कार्यरत रहेको जनाइएको छ । त्यसैगरी, रिचर्ड अमेरिकी मूलका यहूदी रहेको र उनी नासामा इन्जिनियरको रुपमा कार्यरत रहेको जनाइएको छ ।

यहूदी परम्पराअनुसार विवाह समारोह सम्पन्न हुनका लागि १० जना वयष्क यहूदी पुरुषको उपस्थिती अनिवार्य मानिन्छ । विवाह समारोहमा दुबै परिवारका नजिकका आफन्तको उपस्थिती रहेको थियो ।

कोचीमा अझै पनि २५ जना यहूदी धर्मावलम्बीको बसोबास रहेको छ । यसअघि सन् २००८ मा उक्त सहरमा यहूदी परम्परा अनुसार विवाह समारोह सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ९ : २७ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव