विराटनगर महानगरले ल्यायो नीति तथा कार्यक्रम « Khabarhub

विराटनगर महानगरले ल्यायो नीति तथा कार्यक्रम


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगर महानगरपालिका नगरसभाको १२औँ अधिवेशनमा आज आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पेस भएको छ । सभामा उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई समृद्ध बनाउने सन्दर्भमा स्थानीयस्तरमा रहेका सीमित स्रोत र साधनलाई अधिकत्म प्रयोग गरी नगरवासीको आकांक्षालाई पूरा गर्ने बताइन् ।

‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ बनाउने मुख्यम सोचका साथ आव २०८०/८१ को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरिएको उनले जानकारी दिइन् ।

“स्थानीय तहको अधिकार क्षेत्र बढ्दै जाँदा नागरिकलाई पुर्‍याउने सेवा प्रवाहका लागि आवश्यक जनशक्ति व्यवस्थापन, प्रशासनिक व्यवस्थापनलगायत विषयमा बजेट छुट्याउँदा  विकास निर्माणमा चाप पर्ने गरेको छ”, उपप्रमुख कार्कीले भनिन् ।

महानगरको सीमित स्रोत साधनबाट मात्र नगरको विकास निर्माणलगायत सेवा प्रवाह गर्न नसकिने भएकाले नागरिक समाज, निजी क्षेत्र, सङ्घ संस्थालगायत सबैको साथ र सहयोगको अपेक्षासहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उनको भनाइ थियो ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, पन्ध्रौँ योजनाको दीर्घकालीन अवधारणा, प्रदेशको प्रथम आवधिक योजना, राष्ट्रिय योजना आयोगको बजेट तर्जुमासम्बन्धी मार्गदर्शन, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त मार्ग निर्देशन, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन र विषयगत समिति, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा सङ्घ संस्थाको सल्लाह र सुझावलाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आर्थिक विकास क्षेत्रतर्फ कृषि, पशुपक्षी विकास, सहकारी, पर्यटन, उपभोक्ता हित संरक्षण, उद्यमशीलता, उद्यम र रोजगार, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, सामुदायिक विकास, महिला तथा बालबालिका, साहित्य, ज्येष्ठ नागरिक, अपाङ्गता, पञ्जीकरण तथा सामाजिक सुरक्षाम जोड दिइएको छ ।

त्यसैगरी, पूर्वाधार विकास, विद्युत् ऊर्जा, वन वातावरण तथा सरसफाइ, विपद् व्यवस्थापन, सरसफाइ व्यवस्थापन, आर्थिक प्रशासन, सामान्य प्रशासन, राजस्व प्रशासन, सूचना र प्रविधि, कानुन न्याय जस्तामा अधिकतम लगानी, सेवा र विकास गर्ने लक्ष्यसहित बनाइएको नीति तथा कार्यक्रम उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेकी हुन् । नगरसभा बैठक महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  २ : ५० बजे

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र