दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दिनभर आज काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट,भरतपुर महानगरले ल्यायो बजेट, विराटनगर महानगरले ल्यायो नीति तथा कार्यक्रम, संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ, मेयर बालेनविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा लगायतका समाचारले प्रमुख स्थान पाए ।

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

भरतपुर महानगरले ल्यायो बजेट

चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

ललितपुर महानगरद्वारा ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आर्थिक वर्ष २०८०र८१ को ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट पेस गरेकी हुन् ।

विराटनगर महानगरले ल्यायो नीति तथा कार्यक्रम

विराटनगर महानगरपालिका नगरसभाको १२औँ अधिवेशनमा आज आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पेस भएको छ । सभामा उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई समृद्ध बनाउने सन्दर्भमा स्थानीयस्तरमा रहेका सीमित स्रोत र साधनलाई अधिकत्म प्रयोग गरी नगरवासीको आकांक्षालाई पूरा गर्ने बताइन् ।

‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ बनाउने मुख्यम सोचका साथ आव २०८०/८१ को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरिएको उनले जानकारी दिइन् ।

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

कास्कीको पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखराको लक्ष्य हासिल गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरपालिकाको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुन्नत पोखरा निर्माणको लक्ष्यसहित थालिएका असल अभ्यासलाई अनुशरण गर्दै ‘समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ अघि बढिएको बताए । विकास आयोजना निर्धारित समयमा नै सम्पन्न नहुने र तोकिएको भन्दा बढी लागत लाग्ने अवस्था न्यूनीकरण गर्न आयोजनाको प्रारम्भिक चरणदेखि नै सजगतापूर्वक आवश्यक रणनीति अवलम्बन गरिने महानगरको योजना छ ।

प्रहरी जवानलाई सेवाको १६ वर्षमै अवकास : गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताएका हुन् ।

उपराष्ट्रपति पद जरुरी छैन : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले मुलुकमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्नै सांसद झाले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रियसभा अध्यक्षले गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए ।

संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पत्रिका पढ्न थालेपछि सभामुख घिमिरेले उक्त रुलिङ गरेका हुन् ।

मेयर बालेनविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

हिन्दी फिल्मबारे अदालतले जारी गरेको आदेश नमान्ने बालेनको घोषणाविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा परेको हो । यसबारे न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार सुनुवाई हुनेगरी पेशी तोकिएको थियो ।

सेयर बजारमा उच्च अंकको वृद्धि

सेयर बजार आइतबार उच्च अंकले वृद्धि भएको छ । सेयर बजार मापक नेप्से परिसूचक आज ६२.२१ अंकले बढेको हो । नेप्से परिसूचक आइतबार २१ सय विन्दुलाई पार गरेर बन्द भयो ।

आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ । आइतबार ६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ९ : ०० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई