अनलाइनमार्फत ठगी गर्ने एक महिला पक्राउ « Khabarhub

अनलाइनमार्फत ठगी गर्ने एक महिला पक्राउ


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामान पार्सल गरी पठाइदिन्छु भन्दै अनलाइनमार्फत ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका वडा ८ बस्ने ४० वर्षीय चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सवमार्फत गिफ्ट, सुनका गरगहना, घडी, आईफोन डलरसहितको लगेज पठाइदिए भनी पीडितलाई प्रलोभनमा पारी ह्वाटसएपमार्फत ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

कस्टम चार्ज, डलर चार्ज बापतको रकम विभिन्न व्यक्तिको खातामा आठ लाख चालिस हजार रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेका प्रहरीले जनाएको छ । पोखरेललाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागी ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ७ : ०३ बजे

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर