आज २०८० साल साउन ९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल साउन ९ गते मंगलबारको राशिफल


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


20.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २०८० साल साउन ९ गते मंगलबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ।

वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ।

मिथुन : प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।

कर्कट : धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह : दाम्पत्य जीवन सुखमय रहला। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ।

कन्या : दिन सामान्य राम्रो छ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।

तुला : आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ। धार्मिक क्षेत्रमा मन जानेछ।

वृश्चिक : दैनिकी चलाउनेभन्दा अरु केही पनि नसोच्नुहोला। सोचेर मात्र बोल्नुहोला।

धनु : आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ। प्रेममा धोका पाइनेछ।

मकर : बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। स्वास्थ्यमा समस्या हुनेछ।

मीन : प्रशंसा पाउने दिन छ। खुसी बढ्नेछ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ५ : २२ बजे

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला– जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट

इरानलाई ‘नर्क’ बनाउने ट्रम्पको चेतावनीबीच वार्ता : यस्तो छ युद्धविरामको तत्कालीन र दीर्घकालीन प्रस्ताव

तेहरान– अमेरिका र इरानबीचको बढ्दो द्वन्द्व निर्णायक चरणमा प्रवेश गरेको

कालीगण्डकीको धारै परिवर्तन गरेर दोहन

गलकोट– आफ्नै गतिमा बगेको कालीगण्डकी नदीको धारै परिवर्तन गरेर दोहन

उत्तरको आकाशमा ड्रोन उडेपछि दक्षिण कोरियाली राष्ट्रपतिद्वारा खेद प्रकट

काठमाडौं- आफ्नो मुलुकबाट उडेको चालकरहित हवाइ उपकरण (ड्रोन) उत्तर कोरियाली

पाल्पामा बारी जोत्ने ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु

पाल्पा – पाल्पाको रामपर-३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना