महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै « Khabarhub

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज कोलम्बिया र दक्षिण कोरिया, न्युजिल्यान्ड र फिलिपिन्स तथा स्वीट्जरल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुने पहिलो खेलमा समूह एचमा रहेको कोलम्बिया र दक्षिण कोरियाबीच प्रतिस्पर्धा  हुनेछ ।

यस्तै न्युजिल्यान्ड र फिलिपिन्सको खेल बिहान सवा ११ बजे सुरु हुनेछ । समूह ए मा रहेको न्युजिल्याण्ड लगातार दोस्रो जितको खोजिमा रहँदा फिलिपिन्स भने पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ ।

पहिलो खेलमा न्युजिल्याण्डले नर्वेलाई पराजित गर्दा फिलिपिन्स स्वीट्जरल्यान्डसँग स्तब्ध भएको थियो । आजको खेलमा फिलिपिन्स पराजित भएमा समूह चरणबाटै बाहिरिने छ ।

यस्तै, आजै दिउँसो पौने २ बजे हुने तेस्रो खेलमा स्वीट्जरल्याण्ड र नर्वे भिड्ने छन् । स्वीट्जरल्यान्ड शीर्ष स्थानमा रहेकाले आजको खेल जित्दै राउन्ड अफ सिक्सटीन नजिक पुग्ने लक्ष्यमा हुनेछ । तर, प्रतियोगितामा टिकिरहन नर्वेलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ३५ बजे

एमाले महाधिवेशन प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश : देशको अवस्था बुझेर नेतृत्व चयन गर्नुस्

काठमाडौं– पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय