‘अफगान आप्रवासीका समस्या सम्बोधन गर्न पाकिस्तानले पहल गरिरहेको छ’ « Khabarhub

‘अफगान आप्रवासीका समस्या सम्बोधन गर्न पाकिस्तानले पहल गरिरहेको छ’


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कराँची- पाकिस्तानको कराँचीमा रहेको अफगान वाणिज्यदूतले पाकिस्तानमा २५ लाख अफगान आप्रवासीको बसोबास रहेको जनाएका छन् ।

कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले हाल पाकिस्तानमा २५ लाख अफगान आप्रवासी रहेको र तीमध्ये केबल ३ लाखसँग मात्रै आवश्यक वैध कागजात नभएको बताएका हुन् ।

अफगान समाचार संस्था टोलोन्युजले टखारीलाई उद्धृत गर्दै जनाएअनुसार अफगान आप्रवासीका समस्या सम्बोधन गर्न पाकिस्तानले पहल गरिरहेको छ ।

पछिल्लो समय अफगान आप्रवासीलाई लिएर पाकिस्तानले सुरक्षा चिन्ता जाहेर गर्दै आएको छ । हालै संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानको स्थायी नियोगले आइन्दा अफगान आप्रवासीलाई आफ्नो मुलुकमा बसोबास गर्न दिन नसकिने जनाएको थियो ।

आप्रवासनसम्बन्धी विज्ञहरुले अफगानिस्तानबाट उद्गम हुने आप्रवासीको लहर रोक्न अफगानिस्तानमा शासन गरिरहेको तालिबान सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : १३ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका