धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ « Khabarhub

धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढी उपमहानगरपालिकामा गैरकानुनी रूपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ परेका छन्।
इजाजत प्राप्त नगरेका व्यक्तिहरूले मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू सञ्चालन गरी औषधी बिक्री वितरण गरि चिकित्सा सेवा दिइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वयमा धनगढीका वडा एरियामा रहेका मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू चेकजाँच गर्ने क्रममा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र २९ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिकले चिकित्सा सम्बन्धी मापदण्ड पुरा नगरी इजाजत पत्र नलिएको पाइएको हो।

दुवैमाथि मुलुकी अपराध संहिता २०७४ परिच्छेद १९ अन्तर्गत इलाज सम्बन्धी कसुर मुद्दा दायर गरी मंगलबार सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : ४७ बजे

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार