त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिए « Khabarhub

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिए


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेयले लिएका छन्। पछिल्लो तीन सातादेखि बिदामा बसेका प्रमुख भन्सार प्रशासक अरूण पोखरेललाई मन्त्रालयमा सरूवा गरेर पाण्डेयलाई जिम्मेवारी दिएको हो।

मन्त्रिस्तरीय बैठकले पाण्डेयलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र पोखरेललाई अर्थ मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको हो। पाण्डेय यसअघि निजामती किताबखानाका प्रमुख थिए। यही साउन ७ गते मात्र उनको अर्थ मन्त्रालयमा सरूवा भएको थियो।

गत साता त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट एक क्विन्टल सुन बरामद गरिएसँगै भन्सारका कार्यरत धेरै कर्मचारीहरू परिवर्तन गरिएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १० : ०४ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय