रास्वपा संसदीय दलको बैठक बस्दै « Khabarhub

रास्वपा संसदीय दलको बैठक बस्दै


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बोलाइएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ ।

रास्वपाले संसदीय दलमा सामूहिक छलफल गरेर मात्र संसद बैठकमा सहभागी हुने अभ्यास थालनी पनि गरेको छ । 

विभिन्न समितिका सभापति चयन गर्न भदौ ११ गते ३ बजे का लागि कार्यतालिका प्रकाशन भएको छ । सत्ता र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको भागबन्डा हुँदा राष्ट्रिय मान्यता प्राप्त रास्वपा र राप्रपालाई भने कुनै पनि समितिको सभापति दिइएको छैन ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ९ : ५५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी