रोपवेले रुकुमपूर्व भूमेका किसानलाई सहज | Khabarhub Khabarhub

रोपवेले रुकुमपूर्व भूमेका किसानलाई सहज


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– रुकुमपूर्वमा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पुर्‍याउन सहज भएको छ । जिल्लाको भूमे गाउँपालिका–४ र ८ मा बनाइएको रोपवेले स्थानीय किसानलाई सहज बनाएको हो । 

विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरि लाग्ने गरेकामा रोपवेका कारण अचेल किसानको आधाभन्दा बढी समय बचत हुने गरेको छ ।

अहिले भूमे –८ कुचिबाङका किसानले आफूले बारीमा उत्पादन गरेको तरकारी रोपवेमार्फत दुई मिनेटमा भूमे–४ को काँडाबगरमा पुर्‍याउँछन् । जुन ठाउँबाट डोकोमा बोकेर काँडा बगरसम्म पुऱ्याउँदा पहिले पैदल तीनदेखि चार घन्टा हिँड्नुपरेको कुचिबाङका किसान धनबहादुर बुढाले बताए । 

‘सडक सुविधा छैन, हाम्रो गाउँमा भर्खर ट्रयाकओपन गरिएको छ’, उनले भने, ‘ट्रयाकओपन गरिएको बाटोमा गाडी नजाने भएपछि हामीले बिहान खाना खाएर एक डोको तरकारी बोकी पैदल खाबाङ, रुकुमकोटलगायतका ठाउँमा जाने गथ्र्यौं । तरकारी बजार पुर्‍याएर फर्कँदा बाटोमै झमक्कै रात पर्ने गरेको उनले बताए।’

कुचिबाङकै अर्का किसान झलक रोकाले तरकारी प्रशस्त उत्पादन हुने सम्भावना रहँदारहँदै पनि बजार पुर्‍याउन कठिन हुने भएकाले त्यहाँका किसानले तरकारी खेती नगरेको बताए ।

कुचिबाङका किसानलाई लक्षित गरेर रोपवे निर्माणको काम सुरु गरेपछि भने त्यहाँका किसानले तरकारी खेती गरेको र अहिले प्रशस्त मात्रामा तरकारी उत्पादन भएको रोकाले बताए । काँडाबगरमा पुगेको तरकारी खाबाङ, रुकुमकोटलगायतका ठाउँमा जाने गरेको उनको भनाइ छ ।

उनीहरुले जस्तै भूमे–८ का कुचिबाङ, मैबाङ, झिम्का, हाडीलगायतका ठाउँका दुई सय ४२ घरधुरीका किसानलाई रोपवेले आफूले उत्पादन गरेको उपजलाई बजारसम्म पुर्‍याउन निकै राहत मिलेको त्यहाँका स्थानीयले बताएका छन् ।

यस्तै मावि कुचिबाङका लेखापाल डिल्ली बुढाक्षेत्रीले विगतका वर्षको बर्खाको समयमा दिवाखाजा कार्यक्रमको सामान बोकेर विद्यालयसम्म पुर्‍याउन मुस्किल हुने गरेको बताउँदै यस वर्ष भने सजिलै रोपवेमार्फत आवश्यक सामान विद्यालयमा पुर्‍याएको बताए । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ११ : ४६ बजे

सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं– सरकारले आज आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद चल्न देला त ?

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज

एक खेल अगाडि नै गिल कप्तान रहेको गुजरात प्लेअफ दौडबाट बाहिरियो

काठमाडौं – यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफ दौडबाट

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार