रोपवेले रुकुमपूर्व भूमेका किसानलाई सहज « Khabarhub

रोपवेले रुकुमपूर्व भूमेका किसानलाई सहज


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– रुकुमपूर्वमा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पुर्‍याउन सहज भएको छ । जिल्लाको भूमे गाउँपालिका–४ र ८ मा बनाइएको रोपवेले स्थानीय किसानलाई सहज बनाएको हो । 

विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरि लाग्ने गरेकामा रोपवेका कारण अचेल किसानको आधाभन्दा बढी समय बचत हुने गरेको छ ।

अहिले भूमे –८ कुचिबाङका किसानले आफूले बारीमा उत्पादन गरेको तरकारी रोपवेमार्फत दुई मिनेटमा भूमे–४ को काँडाबगरमा पुर्‍याउँछन् । जुन ठाउँबाट डोकोमा बोकेर काँडा बगरसम्म पुऱ्याउँदा पहिले पैदल तीनदेखि चार घन्टा हिँड्नुपरेको कुचिबाङका किसान धनबहादुर बुढाले बताए । 

‘सडक सुविधा छैन, हाम्रो गाउँमा भर्खर ट्रयाकओपन गरिएको छ’, उनले भने, ‘ट्रयाकओपन गरिएको बाटोमा गाडी नजाने भएपछि हामीले बिहान खाना खाएर एक डोको तरकारी बोकी पैदल खाबाङ, रुकुमकोटलगायतका ठाउँमा जाने गथ्र्यौं । तरकारी बजार पुर्‍याएर फर्कँदा बाटोमै झमक्कै रात पर्ने गरेको उनले बताए।’

कुचिबाङकै अर्का किसान झलक रोकाले तरकारी प्रशस्त उत्पादन हुने सम्भावना रहँदारहँदै पनि बजार पुर्‍याउन कठिन हुने भएकाले त्यहाँका किसानले तरकारी खेती नगरेको बताए ।

कुचिबाङका किसानलाई लक्षित गरेर रोपवे निर्माणको काम सुरु गरेपछि भने त्यहाँका किसानले तरकारी खेती गरेको र अहिले प्रशस्त मात्रामा तरकारी उत्पादन भएको रोकाले बताए । काँडाबगरमा पुगेको तरकारी खाबाङ, रुकुमकोटलगायतका ठाउँमा जाने गरेको उनको भनाइ छ ।

उनीहरुले जस्तै भूमे–८ का कुचिबाङ, मैबाङ, झिम्का, हाडीलगायतका ठाउँका दुई सय ४२ घरधुरीका किसानलाई रोपवेले आफूले उत्पादन गरेको उपजलाई बजारसम्म पुर्‍याउन निकै राहत मिलेको त्यहाँका स्थानीयले बताएका छन् ।

यस्तै मावि कुचिबाङका लेखापाल डिल्ली बुढाक्षेत्रीले विगतका वर्षको बर्खाको समयमा दिवाखाजा कार्यक्रमको सामान बोकेर विद्यालयसम्म पुर्‍याउन मुस्किल हुने गरेको बताउँदै यस वर्ष भने सजिलै रोपवेमार्फत आवश्यक सामान विद्यालयमा पुर्‍याएको बताए । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ११ : ४६ बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन