‘सई हुँ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम असुल्ने एक जना पक्राउ « Khabarhub

‘सई हुँ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम असुल्ने एक जना पक्राउ


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहामा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । जिल्लाको सीमा क्षेत्रका व्यापारीलाई आफू सई भएको भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनले नक्कली पेस्तोल देखाउँदै व्यवसायीसँग रकम असुल्दै आएका थिए । उनलाई भारतसँग सीमा जोडिएको बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनले भारतबाट नेपालतर्फ आइरहेका लक्ष्मीपुरपतारी–२ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपाालिका–१ का सदन नारायण दासलाई नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हुँ’ भन्दै धम्क्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साहलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १ : ५७ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ