‘सई हुँ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम असुल्ने एक जना पक्राउ « Khabarhub

‘सई हुँ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम असुल्ने एक जना पक्राउ


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहामा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । जिल्लाको सीमा क्षेत्रका व्यापारीलाई आफू सई भएको भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनले नक्कली पेस्तोल देखाउँदै व्यवसायीसँग रकम असुल्दै आएका थिए । उनलाई भारतसँग सीमा जोडिएको बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनले भारतबाट नेपालतर्फ आइरहेका लक्ष्मीपुरपतारी–२ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपाालिका–१ का सदन नारायण दासलाई नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हुँ’ भन्दै धम्क्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका साहलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १ : ५७ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको