बाँदर आतंक क्षेत्रमा ‘बेसार खेती | Khabarhub Khabarhub

बाँदर आतंक क्षेत्रमा ‘बेसार खेती


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

तनहुँ – कृषि ज्ञान केन्द्रले बाँदरको आतंक भएका क्षेत्रमा वैकल्पिक बालीका रुपमा बेसार खेतीलाई प्राथमिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताएका क्षेत्रमा कृषकलाई वैकल्पिक खेतीका रुपमा बेसार खेतीलाई प्रवर्द्धन गर्न प्रोत्साहन गरिएको हो । व्यास नगरपालिका–८ सोतिबेसीका २० कृषकहरुले दुई सय रोपनी क्षेत्रफलमा बेसार खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए।

कृषकलाई ८५ प्रतिशत अनुदानमा रु चार लाख बजेट विनियोजन गरिएको उनले बताए। उनका अनुसार यस वर्ष परीक्षणका रुपमा खेती सुरु गरेकाले आउँदा वर्षमा क्षेत्र विस्तार गर्दै लैजाने योजना रहेको छ ।

कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक बेसारको बीउ खरिदका साथै कृषकहरूले बेसार राखेर उमाल्ने ड्रम, कुटनीपिसानी गर्ने मेसिन, प्याक गर्ने मेसिन लगायतका सामाग्रीसमेत खरिद गरिसकेका छन् । समूहमा आवद्ध सदस्यहरूले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात धोइपखाली गरी उमाल्ने, कुटनीपिसानी गरेर लेबल टाँस गरी जैविक रुपमा बिक्री गर्ने छन् ।

नगरपालिका कार्यालयले व्यास–३ अनसन चौतारी नजिक निर्माण गरेको कक्षमा ल्याएर कृषकले बिक्री गर्नका लागिसमेत व्यवस्था मिलाइएको छ । उत्पादित वस्तुलाई स्थानीय, प्रदेश र संघीय गरी तीन वटै सरकारको सहयोगमा प्याक गरेर बाह्य देशमा निर्यात गर्न सकेको अवस्थामा कृषकहरुको आयआर्जनमा सुधार हुने जनाइएको छ । 

कार्यालयले कृषकलाई जग्गा बाँझो नराख्न र आयआर्जन गरी आत्मनिर्भर बनाउन बेसार (हलेदो) खेती प्रवर्द्धन कार्यलाई प्राथमिकता दिएको हो । उत्पादन भएका वस्तु स्थानीय बजारमा बिकेन भने पनि तीनवटै तहका सरकारले सहजीकरण गरी बिक्री वितरण कार्यमा सहयोग गरेको अवस्थामा कार्यक्रम अझ प्रभावकारी हुन सक्ने उनले बताए ।  

त्यसैगरी व्यास–१३ मा ६० रोपनी क्षेत्रफलमा २० क्विन्टल बेसारको बीउ लगाइएको छ । कृषि ज्ञान केन्द्रको ८५ प्रतिशत अनुदानमा बेसार पिस्ने मेसिनसहित रु दुई लाख ५० हजार विनियोजन गरेको दोभान जैविक कृषि सहकारीका शेयर सदस्य यामबहादुर आलेले जानकारी दिए । 

बेसार लगाएको तीन महिनासम्म पानी नपरेर खडेरी पर्दा पनि राम्रोसँग उम्रिएर अहिले बोट हेर्न लायकका बनेकाले उत्पादन पनि राम्रै हुने अपेक्षा गरिएको उनले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : २३ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसदअघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि