बाँदर आतंक क्षेत्रमा ‘बेसार खेती « Khabarhub

बाँदर आतंक क्षेत्रमा ‘बेसार खेती


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

तनहुँ – कृषि ज्ञान केन्द्रले बाँदरको आतंक भएका क्षेत्रमा वैकल्पिक बालीका रुपमा बेसार खेतीलाई प्राथमिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताएका क्षेत्रमा कृषकलाई वैकल्पिक खेतीका रुपमा बेसार खेतीलाई प्रवर्द्धन गर्न प्रोत्साहन गरिएको हो । व्यास नगरपालिका–८ सोतिबेसीका २० कृषकहरुले दुई सय रोपनी क्षेत्रफलमा बेसार खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए।

कृषकलाई ८५ प्रतिशत अनुदानमा रु चार लाख बजेट विनियोजन गरिएको उनले बताए। उनका अनुसार यस वर्ष परीक्षणका रुपमा खेती सुरु गरेकाले आउँदा वर्षमा क्षेत्र विस्तार गर्दै लैजाने योजना रहेको छ ।

कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक बेसारको बीउ खरिदका साथै कृषकहरूले बेसार राखेर उमाल्ने ड्रम, कुटनीपिसानी गर्ने मेसिन, प्याक गर्ने मेसिन लगायतका सामाग्रीसमेत खरिद गरिसकेका छन् । समूहमा आवद्ध सदस्यहरूले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात धोइपखाली गरी उमाल्ने, कुटनीपिसानी गरेर लेबल टाँस गरी जैविक रुपमा बिक्री गर्ने छन् ।

नगरपालिका कार्यालयले व्यास–३ अनसन चौतारी नजिक निर्माण गरेको कक्षमा ल्याएर कृषकले बिक्री गर्नका लागिसमेत व्यवस्था मिलाइएको छ । उत्पादित वस्तुलाई स्थानीय, प्रदेश र संघीय गरी तीन वटै सरकारको सहयोगमा प्याक गरेर बाह्य देशमा निर्यात गर्न सकेको अवस्थामा कृषकहरुको आयआर्जनमा सुधार हुने जनाइएको छ । 

कार्यालयले कृषकलाई जग्गा बाँझो नराख्न र आयआर्जन गरी आत्मनिर्भर बनाउन बेसार (हलेदो) खेती प्रवर्द्धन कार्यलाई प्राथमिकता दिएको हो । उत्पादन भएका वस्तु स्थानीय बजारमा बिकेन भने पनि तीनवटै तहका सरकारले सहजीकरण गरी बिक्री वितरण कार्यमा सहयोग गरेको अवस्थामा कार्यक्रम अझ प्रभावकारी हुन सक्ने उनले बताए ।  

त्यसैगरी व्यास–१३ मा ६० रोपनी क्षेत्रफलमा २० क्विन्टल बेसारको बीउ लगाइएको छ । कृषि ज्ञान केन्द्रको ८५ प्रतिशत अनुदानमा बेसार पिस्ने मेसिनसहित रु दुई लाख ५० हजार विनियोजन गरेको दोभान जैविक कृषि सहकारीका शेयर सदस्य यामबहादुर आलेले जानकारी दिए । 

बेसार लगाएको तीन महिनासम्म पानी नपरेर खडेरी पर्दा पनि राम्रोसँग उम्रिएर अहिले बोट हेर्न लायकका बनेकाले उत्पादन पनि राम्रै हुने अपेक्षा गरिएको उनले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : २३ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री