स्वदेश फिर्तीको माग गर्दै बंगलादेशमा रोहिङ्ग्या शरणार्थीको जुलुस « Khabarhub

स्वदेश फिर्तीको माग गर्दै बंगलादेशमा रोहिङ्ग्या शरणार्थीको जुलुस


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बंगलादेश– सुरक्षितरुपमा स्वदेश फिर्तीको माग गर्दै बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्या शरणार्थीले जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् । 

हजारौं रोहिङ्ग्या शरणार्थीले आफूहरूमाथि भएको अमानवीय हिंसाको छैटौँ वार्षिकीमा आज  बंगलादेशका विभिन्न शिविरमा विरोधप्रदर्शन गरेका हुन् । बङ्गलादेशले राज्यविहीन अल्पसङ्ख्यकका  १० लाख रोहिङ्ग्यालाई शरण दिएको छ । सन् २०१७ मा म्यान्मामा भएको सैनिक कारवाहीबाट भागेका शरणार्थीले अन्तर्राष्ट्रिय फौजदारी अदालतले नरसंहारका दोषीलाई कारवाही गर्नुपर्ने माग पनि गरेका छन् । उक्त अदालतले म्यान्माले गरेका अपराधको अनुसन्धानको अध्ययन गरिरहेको छ । 

शरणार्थी बस्तीहरूमा व्यापक अराजकता छाएको छ भने अन्तर्राष्ट्रिय मानवीय सहायता पनि कटौती भएको छ । शरणार्थीलाई स्वदेश फर्काउने सहमति नहुँदा उनीहरूमा चरम निराशा छाएको छ । बजेट कटौतीले राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम पर्याप्त खाद्यान्न उपलब्ध गराउन सकेको छैन । प्रति महिना एक जना शरणार्थीलाई रु एक हजार बराबरको खाद्य सहयोग उपलब्ध भएको छ । 

‘हामी म्यान्मा फिर्तीको माग गर्छौँ, हाम्रो यो माग नयाँ  होइन, हामी म्यान्माका नागरिक थियौँ र हौँ। उनीहरू बिस्तारै म्यान्माको इतिहासबाट हाम्रो नाम मेटाउन खोजिरहेका छन्,’ रोहिङ्ग्या समुदायका नेता कमल हुसेनले एएफपीलाई भनेका छन् । शरणार्थी शिविरको सुरक्षामा खटिएका एक जना सुरक्षा अधिकारीका अनुसार वर्षाका बावजुद  करिब दश हजार शरणार्थी विरोध प्रदर्शनमा सहभागी भएका थिए । 

विश्वको सबैभन्दा ठूलो शरणार्थी समस्या बनेको रोहिङ्ग्या शिविरहरूमा मानवीय अवस्था बिग्रँदै गएको छ । बेलाबेलामा शिविरमा हुने झडपमा महिला र बालबालिकासहित दर्जनौं मारिएका छन् ।

बंगलादेश र म्यान्माले रोहिङ्ग्याहरूलाई  घर फर्काउने योजनामा काम गरिरहेका बताइए पनि मावनअधिकारवादी समूहले उनीहरूको स्वदेश फिर्ती सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शरणार्थीसम्बन्धी आयुक्तको कार्यालयले म्यान्माका अधिकारीसँग छलफल जारी रहेको बताएको छ । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : ५६ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री