पाँच दिनदेखि हुम्लामा हवाइ उडान प्रभावित « Khabarhub

पाँच दिनदेखि हुम्लामा हवाइ उडान प्रभावित


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिमकोट– सडक यातायातले नछोएको हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। हवाइ सेवासमेत अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्। 

आइतबार रातिबाटै लगातार पानी परेका कारण हिमाली जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको हो। बिहानैबाट पानी परिरहेका कारण नेपालगञ्ज र सुर्खेतबाट हुने हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका एयर ट्राफिक कन्ट्रोलर मनोज दंगालले बताए।

शुक्रबार दिउँसो मौसम सुधार आए पनि सिमकोट विमानस्थलमा हावाको चाप बढेपछि उडान हुन नसकेको हो। 

सीता एयर नेपालगञ्जका बजार व्यवस्थापक सन्दीप भण्डारीले कर्णालीका हुम्लाको सिमकोट मात्र नभएर कुनै पनि हिमाली जिल्लाका उडान हुन नसकेको बताए।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ५ : ४४ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा