पाँच दिनदेखि हुम्लामा हवाइ उडान प्रभावित « Khabarhub

पाँच दिनदेखि हुम्लामा हवाइ उडान प्रभावित


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिमकोट– सडक यातायातले नछोएको हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। हवाइ सेवासमेत अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्। 

आइतबार रातिबाटै लगातार पानी परेका कारण हिमाली जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको हो। बिहानैबाट पानी परिरहेका कारण नेपालगञ्ज र सुर्खेतबाट हुने हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका एयर ट्राफिक कन्ट्रोलर मनोज दंगालले बताए।

शुक्रबार दिउँसो मौसम सुधार आए पनि सिमकोट विमानस्थलमा हावाको चाप बढेपछि उडान हुन नसकेको हो। 

सीता एयर नेपालगञ्जका बजार व्यवस्थापक सन्दीप भण्डारीले कर्णालीका हुम्लाको सिमकोट मात्र नभएर कुनै पनि हिमाली जिल्लाका उडान हुन नसकेको बताए।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ५ : ४४ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको