विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति पुटिनद्वारा ‘समवेदना’ व्यक्त « Khabarhub

विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति पुटिनद्वारा ‘समवेदना’ व्यक्त


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोनजिकै बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

क्रेमलिनका अनुसार डोनेत्सकका कार्यवाहक प्रमुख डेनिस पुशिलिनसँगको भेटमा पुटिनले भने,’जहाँसम्म विमान दुर्घटनाको कुरा छ, सर्वप्रथम म मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।’

रूसी नेता पुटिनले भने, ‘म प्रिगोजिनलाई सन् १९९० को दशकको सुरुदेखि नै धेरै पहिलेदेखि चिन्दछु । उहाँले आफ्नो जीवनमा गम्भीर गल्ती गर्नुभयो तर मैले उहाँलाई सोध्दा यी पछिल्ला महिनाहरूमा जस्तै उहाँले आफ्नो र साझा उद्देश्यका लागि आवश्यक परिणामहरू पनि हाँसिल गरेको बताउनुभएको थियो ।’

मस्कोबाट सेन्ट पिटर्सबर्गका लागि उडेको एउटा निजी एम्ब्रेयर विमान बुधबार टभर क्षेत्रमा दुर्घटनाग्रस्त भएको रूसको आपतकालीन सेवामाममिला हेर्ने मन्त्रालयले जनाएको छ ।

रूसी फेडरल एजेन्सी फर एयर ट्रान्सपोर्टले वाग्नर सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिन पनि विमानमा सवार यात्रुमध्ये एक रहेको पुष्टि गरेको छ । पुटिनका अनुसार प्रिगोजिन बुधबार अफ्रिकाबाट फर्किएका थिए । उनले रूसका केही अधिकारीसँग भेटवार्ता गरेका थिए ।

प्रिगोजिनमाथि गत जुनमा रूसमा सशस्त्र विद्रोह गर्ने प्रयास गरेको आरोप लागेको थियो । जुन २४ मा, प्रिगोजिन रोस्तोभ–अन–डोन शहरमा रूसी सशस्त्र बलको दक्षिणी सैन्य जिल्लाको मुख्यालयमा प्रवेश गरेका थिए ।

मस्को र प्रिगोजिनबीच बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको मध्यस्थतामा सम्झौता भएको बताइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : २१ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री