हुलास वायर ‘संवर्द्धन समारोह’ सम्पन्न « Khabarhub

हुलास वायर ‘संवर्द्धन समारोह’ सम्पन्न


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’ सम्पन्न भएको छ  । आज इटहरीस्थित सोल्टि वेष्टनमा कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्यमा  हुलास वायर ‘संवर्द्धन समारोह’ सम्पन्न गरिएको हो । 

उक्त अवसरमा पत्रकार समुह तथा हुलास वायर इन्डष्ट्रिजमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो । हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा, कोशी प्रदेशका मुख्यमन्त्री थापा, हुलास वायरका अध्यक्ष राजलक्ष्मी गोल्छा,  तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायरको लोगो तथा विज्ञापनको भिडियो सामूहिकरुपमा रिमोटद्वारा स्विचिंग गरि समारोहको समुद्घाटन गरेका थिए । 

सो कार्यक्रममा लामो समयदेखि कम्पनीमा आबद्ध संघ संस्था एवं हुलास वायरका सदस्यहरूलाई अध्यक्ष गोल्छा, प्रमुख अतिथि मुख्यमन्त्री थापा, ब्रान्ड एम्बेस्डर लामा, एमडी युक्ति गोल्छाद्धारा सम्मानपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा मुख्यमन्त्री थापाले हुलास वायर इण्डष्ट्रिजलाई आगामी दिनमा कम्पनीको उत्तरोत्तर प्रगतिका लागि शुभकामना समेत दिएका थिए । 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ३३ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ