परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै | Khabarhub Khabarhub

परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

राँझा– विद्युतीय रिक्सा सञ्चालनमा आएसँगै नेपालगञ्जमा परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै गएका छन् । करिब दुई दशकदेखि परम्परागत रिक्सा चलाएर घरपरिवार पाल्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम खाँ अहिले आफ्नो रिक्सामा यात्रु बस्न नचाहने गरेको बताउँछन् । 

‘सबैजना अटोमै चढ्न मन पराउँछन्, हाम्रो रिक्सामा मान्छे बस्नै मन पराउदैनन्’,उनी भन्छन् ,’यो रिक्सा चलाएर गुजारा चलाउन गाह्रो भएको छ, अब अरु कुनै काम गर्ने सोचमा छु ।’ रिक्सामा यात्रु नपाएपछि ९० प्रतिशतले पेसा परिवर्तन गरेको खाँको भनाइ छ । पैसा जोहो गर्न सक्ने धेरैले विद्युतीय रिक्सा किनेर चलाउने गरे पनि अधिकांशले अन्य कामधन्दा गर्ने गरेको उनी बताउँछन् । 

नेपालगञ्जमा काम नपाएपछि अहिले परम्परागत पाइडल रिक्सा चालकले जमुनाह नाकामा समान ओसार्ने काम गर्दै आएका छन् । जमुनाहबाट भारतीय बजार रुपैडिहा जाँदा–आउँदा दुवै देशका सुरक्षाकर्मीले दुःख दिने गरेको नेपालगञ्ज–१३ का रिक्सा चालक गङ्गाराम रैदास बताउँछन् । 

नेपालगञ्जमा विद्युतीय रिक्सा सञ्चालन नहुँदा  दैनिक एक हजारसम्म कमाइ हुने गरेकामा अहिले मुस्किलले रु दुई सयदेखि तीन सयसम्म हुने गरेको उनको भनाइ छ । सीमावर्ती जमुनाह क्षेत्रमा यात्रु पाइने भए पनि अन्यत्र नपाइने रैदासले बताए  । एकदशक अघिसम्म नेपालगञ्जको भरपर्दो सवारीसाधनको रुपमा रहेको परम्परागत रिक्सा अहिले नेपाल–भारत सीमा नाका जमुनाह क्षेत्रमा सीमित हुन पुगेको छ । 

एक दशक अघिसम्म तीन वटा रिक्सा भाडामा लगाउँदै आएका नेपालगञ्ज–१२ का पुत्तन होलीले आम्दानी नभएपछि अहिले पेसानै परिवर्तन गरेका छन् । रिक्सा भाडामा लगाएर आफूले रिक्सा मर्मतको काम गर्दै आएको उनी विद्युतीय रिक्सा आए पनि भाडासमेत उठ्न नसकेका कारण आफूले पेसा परिवर्तन गर्नुपरेको गुनासो गर्छन् । रिक्सा मर्मत गर्ने पसलमा अहिले उनले पानको पसल सञ्चालन गरेका छन् ।

नेपालगञ्जबाट विस्थापित भएका परम्परागत पाइडल रिक्सा सीमावर्ती जमुनाह क्षेत्रमा थुप्रिएका छन् । सीमावर्ती भारतीय बजार रुपैडिहामा विद्युतीय रिक्सा प्रवेशमा रोक लगाएकाले जमुनाहदेखि रुपैडिहासम्म र रुपैडिहादेखि जमुनाहसम्म यात्रु तथा समान ओसारपसारमा परम्परागत रिक्साको भीडभाड हुने गरेको जमुनाहइलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १ : ४८ बजे

एक खेल अगावै अस्ट्रेलियाविरूद्धको सिरिज भारतलाई

रैपुर– अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० आई सिरिज भारतले जितेको छ

रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू

प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या : मुख्यमन्त्री यादव

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा

इरानी प्रतिनिधिद्वारा कोप–२८ सम्मेलनमा इजरायलको उपस्थितिको विरोध

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) मा भएको संयुक्त राष्ट्रसङ्घीय

अस्थायी आवासका लागि २४ करोड निकासा

काठमाडौं –जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका