परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै « Khabarhub

परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

राँझा– विद्युतीय रिक्सा सञ्चालनमा आएसँगै नेपालगञ्जमा परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै गएका छन् । करिब दुई दशकदेखि परम्परागत रिक्सा चलाएर घरपरिवार पाल्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम खाँ अहिले आफ्नो रिक्सामा यात्रु बस्न नचाहने गरेको बताउँछन् । 

‘सबैजना अटोमै चढ्न मन पराउँछन्, हाम्रो रिक्सामा मान्छे बस्नै मन पराउदैनन्’,उनी भन्छन् ,’यो रिक्सा चलाएर गुजारा चलाउन गाह्रो भएको छ, अब अरु कुनै काम गर्ने सोचमा छु ।’ रिक्सामा यात्रु नपाएपछि ९० प्रतिशतले पेसा परिवर्तन गरेको खाँको भनाइ छ । पैसा जोहो गर्न सक्ने धेरैले विद्युतीय रिक्सा किनेर चलाउने गरे पनि अधिकांशले अन्य कामधन्दा गर्ने गरेको उनी बताउँछन् । 

नेपालगञ्जमा काम नपाएपछि अहिले परम्परागत पाइडल रिक्सा चालकले जमुनाह नाकामा समान ओसार्ने काम गर्दै आएका छन् । जमुनाहबाट भारतीय बजार रुपैडिहा जाँदा–आउँदा दुवै देशका सुरक्षाकर्मीले दुःख दिने गरेको नेपालगञ्ज–१३ का रिक्सा चालक गङ्गाराम रैदास बताउँछन् । 

नेपालगञ्जमा विद्युतीय रिक्सा सञ्चालन नहुँदा  दैनिक एक हजारसम्म कमाइ हुने गरेकामा अहिले मुस्किलले रु दुई सयदेखि तीन सयसम्म हुने गरेको उनको भनाइ छ । सीमावर्ती जमुनाह क्षेत्रमा यात्रु पाइने भए पनि अन्यत्र नपाइने रैदासले बताए  । एकदशक अघिसम्म नेपालगञ्जको भरपर्दो सवारीसाधनको रुपमा रहेको परम्परागत रिक्सा अहिले नेपाल–भारत सीमा नाका जमुनाह क्षेत्रमा सीमित हुन पुगेको छ । 

एक दशक अघिसम्म तीन वटा रिक्सा भाडामा लगाउँदै आएका नेपालगञ्ज–१२ का पुत्तन होलीले आम्दानी नभएपछि अहिले पेसानै परिवर्तन गरेका छन् । रिक्सा भाडामा लगाएर आफूले रिक्सा मर्मतको काम गर्दै आएको उनी विद्युतीय रिक्सा आए पनि भाडासमेत उठ्न नसकेका कारण आफूले पेसा परिवर्तन गर्नुपरेको गुनासो गर्छन् । रिक्सा मर्मत गर्ने पसलमा अहिले उनले पानको पसल सञ्चालन गरेका छन् ।

नेपालगञ्जबाट विस्थापित भएका परम्परागत पाइडल रिक्सा सीमावर्ती जमुनाह क्षेत्रमा थुप्रिएका छन् । सीमावर्ती भारतीय बजार रुपैडिहामा विद्युतीय रिक्सा प्रवेशमा रोक लगाएकाले जमुनाहदेखि रुपैडिहासम्म र रुपैडिहादेखि जमुनाहसम्म यात्रु तथा समान ओसारपसारमा परम्परागत रिक्साको भीडभाड हुने गरेको जमुनाहइलाका प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १ : ४८ बजे

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट