विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न स्थानबाट पाँचजना लागूऔषधसहित पक्राउ परेका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने ३० वर्षीया उर्मिला खत्रीलाई अवैध लागूऔषध गाँजा करिब २ केजीसहित प्रहरीले पक्राउ गरेको छ ।

उनले लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित जुम्ला तातोपानी गाउँपालिका-५ बस्ने २४ वर्षीय प्रविण चौलागाईँलाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

पर्साको जिराभवानी गाउँपालिका-१ गमहरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३२ केजीसहित ठोरी गाउँपालिका-४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्र बहादुर श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.६१ प ९७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमा बाँधेर ल्याएको उक्त पदार्थसहित चालक श्रेष्ठलाई पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रतिभा टोलबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१४ डेरा गरी बस्ने स्याङजा घर भएका ३१ वर्षीय सन्तोष थापा मगर र सोही ठाउँ बस्ने पाल्पा माछागढी गाउँपालिका सेराई घर भएका ४० वर्षीय केश बहादुर कुमाल रहेका छन् । 

सन्तोषले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध नुर्फिन १ हजार १ सय ३२ एम्पुल, फेनरागन १ हजार ३ सय ६१ एम्पुल, डाईजेपाम १ हजार २ सय २ एम्पुल, गाँजा ३ सय ग्राम, कोडिन फस्फेट ९० ट्याप्लेट, ६ लाख ३२ हजार २ सय १० नेपाली रूपैयाँ, २ हजार ४ सय ५० भारतीय रुपैयाँ,  ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न कम्पनीको मोबाइल ७ थान, घडी ४ थान, क्यामेरा १ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।     

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  २ : ०८ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५