पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ « Khabarhub

पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना मेनपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती प्यालेसमेन्ट मेनपावरका सञ्चालक चितवन जिल्लाको भरतपुर घर भई हाल काठमाडौँको बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारी रहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई खोजतलास गर्ने क्रममा सोमबार बसुन्धाराबाट पक्राउ गरेको हो ।

अधिकारीले प्रेम तामाङसमेत ४ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु, प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्छ, त्यहाँ फुड प्याकिङमा काम गरेबापत १ लाख रुपैयाँ मासिक तलब हुन्छ भनी पीडितहरुबाट पटक पटक गरी २७ लाख २५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ५१ बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज