दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी, कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्री दाहाल र चिनियाँ कंग्रेस अध्यक्ष चाओबीच भेटवार्ता, राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा एवं दर्शन, सरकारले माग पूरा नगरेको भन्दै राहत शिक्षकद्वारा सडकमै सुतेर प्रदर्शनलगायतका समाचारले प्रमुख स्थान पाए । 

नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी
नेपाल र चीनबीच विभिन्न १३ विषयमा सम्झौता तथा समझदारी भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।

कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार
कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्‍ विस्तार गरेका हुन् ।

नयाँ मन्त्रिपरिषदमा लीलावल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने भने बुद्धीकुमार राजभण्डारीले खानेपानी सिँचाई तथा उर्जामन्त्रीको जिममेवारी पाएका छन् ।

प्रधानमन्त्री दाहाल र चिनियाँ कंग्रेस अध्यक्ष चाओबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कंग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ ।

बेइजिङस्थित ग्रेटहल अफ दि पिपलमा उनीहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो ।

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा एवं दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन् ।

सोमबार राष्ट्रपति पौडेलले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरे ।

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् ।

नयाँ विधान कार्यान्वयनमा जसपा
जनता समाजवादी पार्टी, (जसपा) नेपाल नयाँ विधान कार्यान्वयनमा लागेको छ । जसपाले केन्द्रीय समितिदेखि स्थानीय समितिसम्मका निष्क्रिय रहेका नेता, कार्यकर्ता छाँटेर विधानले व्यवस्था गरेबमोजिमको सङ्ख्यामा संगठनलाई रूपान्तरण गर्दै गइरहेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापति शर्माको सहभागिताबारे जानकारी छैन : मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भारतमा जारी इण्डो प्यासिफिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माको सहभागिताबारे आफूलाई जानकारी नरहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बेइजिङस्थित तियानमेनमा रहेको राष्ट्रिय स्मारकको अवलोकन तथा स्मारकमपुष्पगुच्छा अर्पण गरेका छन् ।

सरकारले माग पूरा नगरेको भन्दै राहत शिक्षकद्वारा सडकमै सुतेर प्रदर्शन
सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न शिक्षक संगठनहरुसँग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका विषयमा भने कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोगले दोषीमाथि कारबाही गर्न पाउनुपर्छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने माग गरेका छन् ।

महँगी नियन्त्रण गर्न प्रयास भइरहेको छ : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महँगी नियन्त्रणमा आफ्नो भरमग्दुर प्रयास रहेको बताएका छन् । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा रहेर आफ्नो मन्त्रालयबाट भएको कार्यप्रगतिका बारेमा जानकारी गराउँदै मन्त्री रिजालले महँगी नियन्त्रणमा निरन्तर लागिपरेको बताए ।

प्रहरी संगठनलाई कमजोर बनाउन हुँदैन :  मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठनलाई कमजोर बनाउने प्रयास राज्यबाट हुन नहुने बताएका छन् । गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रियामा उनले माथिल्लो निकाय सच्चियो भने सुरक्षा निकाय आफैँ सुदृढ एवं बलियो हुने दाबी गरे ।

कांग्रेसले शान्ति सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराउने
नेपाली कांग्रेसले जनसवालका विषयदेखि शान्ति सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महङ्गी कालाबजारी नियन्त्रण, आर्थिक मितव्ययिता, आवश्यक कानुन निर्माण र शान्ति सुरक्षाका विषयमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी
चाड पर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार केही दिन यतादेखि काठमाडौँ, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन् । प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटनाहरू बढ्न थालेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ०० बजे

महानगरको सिप मेला-१९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौं–  ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।