मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक महिलाको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक महिलाको मृत्यु


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

विष्णु गाउँपालिका–६ स्थित भित्री सडकमा बीआर ३०एडी ९८७२ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया सुनिता देवीको मृत्यु भएको हो।

पैदल हिँडिरहेकी सुनिता मोटरसाइकलको ठक्करबाट सिकिस्त घाइते भएकी थिइन्। घाइते सुनितालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याएपछि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्कर दिने मोटरसाइकलसहित चालक सोही ठाउँका १८ वर्षीय आकाश मण्डल प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : २३ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ