चीनसँग डब्लूएचओ प्रमुखले फेरि मागे कोरोना भाइरसको उत्पत्तिबारे जानकारी « Khabarhub

चीनसँग डब्लूएचओ प्रमुखले फेरि मागे कोरोना भाइरसको उत्पत्तिबारे जानकारी


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जेनेभा- विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले चीनसमक्ष कोरोना भाइरसको उत्पत्तिबारे जानकारी प्रदान गर्न पुनः आग्रह गरेका छन् ।

उनले आर्थिक अखबार फाइनान्सियल टाइम्ससँगको कुराकानीका क्रममा आफूले चिनियाँ अधिकारीहरुसँगको द्विपक्षीय छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन आग्रह गरेको बताएका हुन् ।

विश्वका औषधि उत्पादक कम्पनीहरुले कोरोना भाइरसका नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता वृद्धि गर्ने प्रयास गरिरहेका बेला डब्लूएचओ प्रमुखको यस्तो भनाइ आएको हो ।

डब्लूएचओले यसअघि नै चीनसमक्ष लिखित रुपमै कोरोना भाइरसको उत्पत्तिबारे ‘आफूहरुलाई सूचना दिन’ आग्रह गरेको उनको भनाइ छ । उनले चीन सहमत भएको खण्डमा कोरोना भाइरसबारे थप अध्ययन गर्न डब्लूएचओले एउटा टोली त्यसतर्फ पठाउन पनि तयार रहेको जनाए ।

उनले यसअघि पनि पटक पटक चीनसमक्ष कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन आग्रह गर्दै आएका छन् । कोरोना भाइरस सर्वप्रथम सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा देखा परेको थियो ।

यसको महामारीका कारण विश्वभर दशौँ लाख मानिसहरुको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १० : ०४ बजे

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको