चीनसँग डब्लूएचओ प्रमुखले फेरि मागे कोरोना भाइरसको उत्पत्तिबारे जानकारी « Khabarhub

चीनसँग डब्लूएचओ प्रमुखले फेरि मागे कोरोना भाइरसको उत्पत्तिबारे जानकारी


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जेनेभा- विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले चीनसमक्ष कोरोना भाइरसको उत्पत्तिबारे जानकारी प्रदान गर्न पुनः आग्रह गरेका छन् ।

उनले आर्थिक अखबार फाइनान्सियल टाइम्ससँगको कुराकानीका क्रममा आफूले चिनियाँ अधिकारीहरुसँगको द्विपक्षीय छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन आग्रह गरेको बताएका हुन् ।

विश्वका औषधि उत्पादक कम्पनीहरुले कोरोना भाइरसका नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता वृद्धि गर्ने प्रयास गरिरहेका बेला डब्लूएचओ प्रमुखको यस्तो भनाइ आएको हो ।

डब्लूएचओले यसअघि नै चीनसमक्ष लिखित रुपमै कोरोना भाइरसको उत्पत्तिबारे ‘आफूहरुलाई सूचना दिन’ आग्रह गरेको उनको भनाइ छ । उनले चीन सहमत भएको खण्डमा कोरोना भाइरसबारे थप अध्ययन गर्न डब्लूएचओले एउटा टोली त्यसतर्फ पठाउन पनि तयार रहेको जनाए ।

उनले यसअघि पनि पटक पटक चीनसमक्ष कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन आग्रह गर्दै आएका छन् । कोरोना भाइरस सर्वप्रथम सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा देखा परेको थियो ।

यसको महामारीका कारण विश्वभर दशौँ लाख मानिसहरुको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १० : ०४ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार