म देशजस्तै एउटा मान्छे | Khabarhub Khabarhub

म देशजस्तै एउटा मान्छे


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

बुद्ध खोज्दै रातारात मैले छाडेको बस्ती
अझै अशान्त छ
ममा अशान्तिको जुलुस
उसैगरी दौडिरहेको छ ।

एक्लो, बिल्कुल एक्लो बनेपछि
मैले, मेरो इतिहास खोज्न थालेको छु
आस्था र भरोसाको प्रतिमूर्ति
मेरो देश खोज्न थालेको छु ।

बुद्धको प्रस्थानसँगै
हाँस्न थालेको अँध्यारो चपाएर
वृद्ध बा–आमाले कुरिरहेका छन्
उराठ बस्ती
म त्यही बस्ती फर्कन चाहन्छु
बुद्ध बोकेर
जहाँ मान्छेको दीर्घायुको अर्चना गर्दै बसेका
मायावी मनहरू छन् ।

अविश्वासको कोर्राले भत्किएको बस्तीमा
म विश्वासको दीप बाल्न चाहन्छु
भाग्दै गरेको युवा वर्तमानको हात समाएर
मान्छेको मन बनाउन खोजिरहेको छु
फेरि पनि म एक्लो एक्लो बनेको छु ।

समय गहिराइ बिर्सिएर उत्रिएको छ सतहमा
अनि हल्लिएको छ फेद विहीन टुप्पो भएर
उसैगरी हल्लिएको छ समाज
अनि लर्खराएका छन् मेरा पाइलाहरू ।

पीडा र अभावमा बाँचेको मान्छे
विकृति र नग्नताबाट लखेटिएको मान्छे
आँसु र रगतले पखालिएको मान्छे
अँध्यारै अँध्यारोमा उज्यालो बुद्ध खोज्न निस्किएको
म, देशजस्तै एउटा मान्छे
बुद्ध बोकेर बस्ती फर्कन खोज्दैछु ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : २९ बजे

संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख घिमिरे छलफलमा

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र

वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको चुनौती

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा

युरोकप २०२४ : स्वीट्जरल्याण्ड र स्कटल्याण्डले खेले बराबरी

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत दोस्रो चरणको

ट्रयाक खुलेको १८ वर्षपछि कालोपत्र गरिँदै

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा–जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न

बलिउड गायिका अल्कालाई लागेको दुर्लभ सेन्सरी नर्भ श्रवणशक्ति कस्तो रोग हो ?

९० को दशकदेखि निरन्तर भारतीय संगीतमा छाएर करोडौं श्रोता तथा