कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गरौँ : मुख्यमन्त्री शर्मा « Khabarhub

कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गरौँ : मुख्यमन्त्री शर्मा


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा अझै पनि कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योगहरु नभएको बताएका छन् । उनले अब कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गर्नतर्फ अग्रसर हुन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा  मुख्यमन्त्री शर्माले विगतदेखि नै कर्णालीमा नुनदेखि सुन फलाउने सामन्तवादी सोच कृषि क्षेत्रमा हाबी हुँदै गइरहेको हुँदा कर्णालीमा कृषिजन्य उद्योग नफस्टाएको बताए ।

“अब कर्णालीका नागरिकले नुनदेखि सुन एक्लैले फलाउने नभई कसैले कोदोको, कसैले मकैको अर्थात् हरेकले अलगअलग खेती गरेर कृषिमा व्यावसायिकीकरण गर्न आवश्यक छ । कृषि मात्रै होइन, अब सबै व्यवसाय गर्दा अलगअलग व्यवसाय गर्न जरुरी छ नभए व्यवसाय नै डुब्ने, असफल हुने सम्भावना हुन्छ,” मुख्यमन्त्री शर्माले भने, “त्यसका लागि उत्पादनको वर्गीकरण गर्न भौगोलिक क्लष्टर छुट्याउने योजना सरकारको छ । उच्च हिमाली, हिमाली, पहाडी, खोँच आदि कलष्टर छुट्याएर अघि बढ्ने र सोही आधारमा कृषि उत्पादन गर्न सकेको खण्डमा हामी आत्मनिर्भरतातर्फ अग्रसर हुन्छौँ ।”

मुख्यमन्त्री शर्माले अहिले कर्णालीमा सञ्चालनमा रहेका अधिकांश उद्योगहरुले बाहिरबाट कच्चापदार्थ ल्याई उद्योग सञ्चालन गरिरहेको बताए । उनले कसरी औद्योगिक क्षेत्र सञ्चालन गर्ने बारेमा खाका कोर्न व्यवसायीलाई सुझाव दिँदै कर्णालीमा औद्योगिक विकासका लागि कोही पनि एक्लाएक्लै अगाडि बढेर सम्भव नभएको र त्यसका लागि सरकारले के गर्नुपर्छ हातेमालो गर्न तयार रहेको बताए ।

“हामी गुणस्तरको सामान उत्पादन गर्न सक्छौँ, निरन्तर बजारमा आफ्नो उत्पादनलाई अब्बल साबित गर्न सक्छौँ कि सक्दैनौँ त्यो बुझे बिना नै जब काम गर्छौँ, तब हामीलाई समस्या आइपर्छ । तसर्थ सबै कुराको अध्ययन नगरी काम थाल्दा नोक्सान बाहेक केही हुँदैन,” मुख्यमन्त्री शर्माले भने । उनले उद्योगीलाई गुणस्तरीय सामान उत्पादन गर्न सुझावसमेत दिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ५ : ४२ बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा