दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

दिनभर आज पूर्वराजा शाहले गरे पृथ्वीनारायण शाहको शालिक अनावरण, दुर्गा प्रसाईंले भोलि सल्लाघारी र पर्सि वसन्तपुरमा प्रदर्शन गर्ने, जनताले ल्याएको गणतन्त्र नै उत्तम व्यवस्था भएको महामन्त्री थापाको भनाइ, भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए ।

पूर्वराजा शाहले गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

पूर्वराजा शाहले बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका हुन् ।

दुर्गा प्रसाईंले भोलि सल्लाघारी र पर्सि वसन्तपुरमा प्रदर्शन गर्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने भएका छन् । सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भोलि भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने बताएका हुन् ।

‘भक्तपुरका जनता झक्झक्याउन ठीक १२ बजे भोलि हामीले त्यहाँ कार्यक्रम राखेका छौँ ।’ उनले भने । त्यसपछि पर्सि भने काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्ने तय भएको उनको भनाइ छ ।

जनताले ल्याएको गणतन्त्र नै उत्तम व्यवस्था हो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको बताएका छन् ।

नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामा महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको बताए । उनले कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको स्मरण गरे ।

महिलामाथि हुने सबै प्रकारका विभेद र हिंसा अन्त्य हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएकी छन् ।

हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै यसप्रकारका दिवस एवं अभियानबाट समाजमा सचेतना अभिवृद्धि र महिलाविरुद्ध हुने हिंसा निर्मूलनमा महत्वपूर्ण सहयोग पुग्न विश्वास व्यक्त गरिन् । हरेक वर्ष नोभेम्बर २५ मा महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिने ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ पनि आजबाट सुरु भएको छ ।

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो ।

जाजरकोट भूकम्प : सार्वजानिक संरचना प्रदेश सरकारले निर्माण गर्ने

जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने कार्ययोजनाका साथ नियमित छलफलमा रहेको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले जानकारी दिए।

भूकम्पले सबैभन्दा जाजरकोट र रुकुमपश्चिममा क्षति पुर्‍याएको छ । भूकम्पले कर्णालीका ५४ वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरी चौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।

‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रुपमा मनाउने गरेको छ । सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।

जसपाले प्रदेश र राष्ट्रिय समिति पुनःगठन गर्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनःगठन गर्न लागेको छ ।

गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बूवान राष्ट्रिय समिति आज पुनःगठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु

इलाका प्रशासन कार्यालय खोटाङले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई स्थानीय स्तरबाटै राष्ट्रिय परिचयपत्र दिलाउने लक्ष्यका साथ कार्यालयले खोटाङ बजारमा स्थायी दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको खोटाङ बजारमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु भएपछि दिक्तेल धाउनुपर्ने समस्या समाधान भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राई ‘मुक्ति’ले जानकारी दिएका छन् ।

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको हो ।

दुर्घटनामा बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : ०० बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको