एनएसएल क्वालिफायर : आज पोखरा र धनगढी भिड्ने « Khabarhub

एनएसएल क्वालिफायर : आज पोखरा र धनगढी भिड्ने


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल प्रवेशका लागि आज पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । पोखरा पहिलो र धनगढी दोस्रो भएर लिग चरण समाप्त गरेसँगै पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् ।

जारी लिगमा पोखरा ८ खेलबाट चारमा जित, तीनमा बराबरी र एकमा हार बेहोर्दै १५ अंकसहित शीर्ष स्थानमा छ । यस्तै धनगढी तीनमा जित, चारमा बराबरी र एकमा हारसहित १३ अंक जोडेर दोस्रो स्थानमा छ ।

पहिलो क्वालिफायरमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्नेछ भने पराजित हुने टोलीले तेस्रो र चौथो टोलीको विजेतासँग दोस्रो क्वालिफायरको मौका पाउनेछ ।

इलिमिनेटर राउण्डमा तेस्रो स्थानको काठमाडौँ रेजर्स र चौथो स्थानको ललितपुर सिटी एफसी भिड्नेछन् ।

इलिमिनेटर राउण्डको विजेता टिमले पोखरा र धनगढीबीचको खेलमा हार ब्यहोर्ने टिमसँग दोस्रो क्वालिफायरका लागि खेल्नेछ ।

 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना