शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न  « Khabarhub

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न 


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान मूल नाराका साथ सुरु गरिएको यो प्रतियोगिता तेस्रो चरणको कार्यक्रम सम्पन्न गर्दै तिन जना विजेता र १२ जनालाई सान्त्वना पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ ।

शौर्य सिमेन्टका प्लान्ट हेड गुरु दयाल सिंहको अध्यक्षता र मधेश प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेल, वरिष्ठ साहित्यकार राजेन्द्र बिमल, लोक कोकिला रशिम रानी सहित विभिन्न वडाका वडाध्यक्षहरूको पनि सहभागिता रहेको थियो ।

प्रतियोगितामा पहिलो हुनेमा सप्तरिकि मिथिला चित्रकार रुबी कर्ण, दोस्रो हुनेमा महोत्तरीकी नेहा कुमारी, तेस्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेकी छिन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ७५ हजार रुपैयाँ, दोस्रो हुनेलाई नगद ५० हजार रुपैयाँ र तेस्रो हुनेलाई नगद २५ हजार रुपैयाँ साथै बाँकी १२ जनालाई सान्त्वना पुरस्कार नगद ११ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको थियो । तेस्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए ।

कार्यक्रममा शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज कुमार महतले स्वागत मन्तव्य राखेका थिए । साथै यस कार्यक्रमको उद्घोषण सन्तोष लाल दासले गरेका थिए । उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा मिथिला चित्रकार श्याम सुन्दर यादव, मिथिला चित्रकार सुनैना ठाकुर र मिथिला देवी रहेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १ : ५४ बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता